Details

Gaura Parva – 2024

अमेरिकाको बिभिन्न राज्य जस्तै टेक्ससमा पनि सुदूरपश्चिमेली समुदायको प्रमुख साँस्कृतिक चाड गौरा पर्व मनाइएको छ । अमेरिकाको अस्टीनमा शुक्रबार धुमधाम सम्पन्न भएको गौरा पर्ब शनिवार डालसमा पनि भब्य सहभागीता बिच मनाईएको छ ।

टेक्सस डालस युलेश स्थित नेपाली पशुपतिनाथ तथा बौद्ध मन्दिरमा धुमधामका साथ गौरा मनाईएको हो । सुदुरपश्चिम स्थायी घर भई डालस बस्ने सुदुरपश्चिम बासीहरुको गौरा पर्ब उल्लेखीय सहभागीता रहेको थियो । गौरा पर्बमा नेपालका अन्य क्षेत्रमा बसोबास गर्ने नेपालीहरुको सहभागीता देखिन्थो ।

गौरा पर्बमा गौरा देबिको पूजाआजा, गौरा देबिको प्रसाद बितरण र देउडा खेल्दै शुभकामना साटीएको थियो । कार्यक्रममा सहभागी भई गौरा पर्ब भब्य बनाईदिनु भएकोमा सुदुरपश्चिम नेपाली समाज टेक्ससका अध्यक्ष गगन केसीले सबैलाई धन्यवाद दिएका थिए । सुदूरपश्चिमको प्रमुख बाजा दाईन, दमाहा, झ्याली सहित साँस्कृतिक झाँकीहरूको प्रदर्शनी गरिएको थियो भने देउडा, छलिया, हुड्केली तथा गौरा नाच समेत प्रस्तुत गरिएको थियो । कार्यक्रमहरुमा बरिष्ठ देउडा गायक नन्द कृष्ण जोशी र शंकर सिंह बिष्टले सांगितिक तथा सांस्कृतीक प्रस्तुती समेत दिएका थिए ।

1
2